सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजको मौसम

२०८१ भदौ २, ०६:२६ खबर संवाददाता

धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कमेन्ट लोड गर्नुस