सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री राणा भारतको नयाँदिल्ली प्रस्थान

२०८१ भदौ २, ०१:४३ खबर संवाददाता

काठमाडौँः परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत प्रस्थान गरेकी छन्।

उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नयाँदिल्लीमा राणले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भए पनि ठोस नतिजा भने आइसकेको छैन। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन्।

कमेन्ट लोड गर्नुस