राष्ट्रिय सभामा पेस भयो टिआरसी विधेयक
काठमाडौँः राष्ट्रिय सभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ। सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आइतवारको राष्ट्रिय सभा बैठकमा विधेयक पेस गरेका हुन्।
‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव उनले सभामा पेस गरेका हुन्। यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ। विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन्।