सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइयो 

२०८१ भदौ ३, ०९:०५ खबर संवाददाता

जापानको प्रशिद्ध हिमाल फुजी सानको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज जापानको कार्य समितिको टोलीले जापानको अग्लो हिमाल फुजी सानको सफलतापूर्वक आरोहण सम्पन्न गर्दै राष्ट्रिय झण्डा फहराएको जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।

नेपाली समाज जापानको अध्यक्ष शिशिर निङ्लेकु लिम्बूको नेतृत्वको टोलीले आइतबार आरोहण सम्पन्न गरेको उनको भनाइ छ। टोलीले नेपालको राष्ट्रिय झण्डाका साथै पार्टीको ब्यानरसमेत टाकुरामा पु¥याएको थियो।
 

कमेन्ट लोड गर्नुस