सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीआरसी विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित

२०८१ भदौ ६, ०७:४४ खबर संवाददाता

काठमाडौंः  राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ। संक्रणकालिन न्याय सम्वन्धी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा सन्देशसहित पठाइएको थियो।

कानुन तथा न्याय संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले टीआरसी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री चौधरासियाले प्रस्ताव प्रस्तुत गरेसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गरेका थिए ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले निर्णायर्थ प्रस्तुत गरेसँगै उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्। दुवै सदनबाट पारित भएको उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि ऐनको रुपमा लागू हुनेछ।

कमेन्ट लोड गर्नुस