कञ्चनपुरमा जिपको ठक्करबाट एक पैदलयात्री घाइते
२०८१ भदौ १६, ०४:१६
कञ्चनपुरः कञ्चनपुरमा जिपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरी, हुलाकी सडकमा पैदल हिँडिरहेका पुनर्वास–२ चौधरी टोलका रामप्रसाद चौधरी शनिवार साँझ धनगढीतर्फ जाँदै गरेको बा १५च ३४३३ नम्बरको जिपले ठक्कर दिँदा घाइते भएका हुन्।
घाइते चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक कृष्ण तामाङलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस