बच्चाले आगो ताप्ने क्रममा डोटीको एक घरमा आगलागी
डोटीः डोटीको एक घरमा आगलागी भएको छ। बडिकेदार गाउँपालिका–२ पातलपुरानकी सरीता घर्ती मगरको ढुङ्गा, माटो र काठले बनेको जस्तापाताले छाएको एक तले घरमा आगलागी भएको हो।
मंगलबार साँझ बच्चाले आगो ताप्ने क्रममा घरमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी २ लाखको क्षती भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।