सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको माया मेट्रो अस्पतालद्वारा आईसीयू र एन–आईसीयू सेवा सुरु

२०७६ असार १७, ०५:२९

धनगढीको माया मेट्रो अस्पतालले आजदेखि आईसीयू र एन–आईसीयू सेवा सुरु गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालले आजदेखि आईसीयू र एन–आईसीयू सेवा सुरु गरेको हो। अस्पताल सञ्चालक समितिका अध्यक्ष धिरेन्द्र साउँदले तीन वटा भेन्टिलेटर र एभिजी मेसिन सहित ८ वेडको आईसीयू र १० वेडको एन–आईसीयू सेवा सुरु गरेको बताए। उनले अस्पतालमा आईसियू र एन–आईसियू सेवा सुरु भएपछि सुदूरपश्चिमका विरामीहरुलाई गुणस्तीयर सेवा पाउनका लागि सहज हुने बताए। 

कमेन्ट लोड गर्नुस