सुदूर नेपाललाई विश्वसँग जोड्दै

१३ किलो अफिमसहित दुई जना पक्राउ

२०८१ माघ २९, ०२:४३

काठमाडौँः १३ किलो अफिमसहित बाराबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रदेश २–००३ प १६१४ नम्बरको स्कुटी चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ५४ बर्षका सूर्यबहादुर मोक्तान र स्कुटी पछाडि सवार जिल्ला मकवानपुर कैलाश गाउँपालिका–८ बस्ने ४५ बर्षका भीमबहादुर मोक्तान छन्।
मंगलबार बिहान जीतपुर सिमरा उप–महानगरपालिका–१ पथलैया चोकस्थित दुबै जना सवार स्कुटी रोक्न खोज्दा उनीहरू फरार भएका थिए।

प्रहरीले पछ्याउँदै वडा नम्बर–२ सूर्य नेपाल अगाडि फेला पारी चेकजाँच गर्दा स्कुटीको डिक्कीभित्रबाट १३ किलो अफिम बरामद भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। अफिमसहित उनीहरुको साथबाट नगद १ लाख ३३ हजार ६५५ पनि बरामद गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस