सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुपन्देहीमा गोली हानि एक जनाको हत्या

२०८१ फाल्गुन १७, १२:२७

बुटवलः रुपन्देहीमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ।

जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए।  घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ। घटना बारे थप अनुसन्धान भइरहेको कार्कीले बताए। 
 

कमेन्ट लोड गर्नुस