करेन्ट लागेर एक जनाको मृत्यु
बाराः जितपुरसिमारा उपमहानगरपालिका–१६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ।
कोल्हवी नगरपालिका–५ बलुवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जननायक अस्पताल कोल्हबीमा प्राथमिक उपचारपश्चात प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।