सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

२०८१ फाल्गुन २१, ०२:०८ खबर संवाददाता

काठमाडौंः वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१७ घर भई ललितपुर,ललितपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरू र उदयपुर उदयपुरगढी गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३३ वर्षीय नर माया कार्की रहेका छन्।

पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ११ लाख ६०हजार, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तीनैजनालाइ बुधवार पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ। 
 

कमेन्ट लोड गर्नुस