सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीप दुर्घटनामा २ जनाको मृत्यु, ६ जना घाइते

२०८१ फाल्गुन २१, ०३:३३

पोखराः पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा पर्वत बिहादी गाउँपालिका–३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका–५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए।

घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस