सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोले घर पुरिँदा चार जना घाइते

२०८२ असार १८, ०९:२६ रासस

ताप्लेजुङः सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्।

स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिए।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस