आज कहाँ–कहाँ छ वर्षाको सम्भावना?
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।