सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सहित ४ देशले ल्याए हेपटाइटिस बि नियन्त्रणमा

। फोटो स्रोत ।
२०७६ साउन १०, ०७:३८

नेपालसहित चार वटा देशले हेपटाइटिस बि नियन्त्रणमा ल्याएको विश्व स्वास्थ्य संगठनले बताएको छ। नेपाल, बंगलादेश, भुटान र थाइल्याण्ड दक्षिण–पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बि नियन्त्रण गर्ने पहिलो मुलुक बनेका हुन्। ज्यानै लिने रोगको रुपमा रहेको हेपटाइटिस बि लाई पाँच वर्ष उमेरका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याइएको संगठनले जनाएको छ।

हेपटाइटिसको खोप हरेक ठाउँमा, हर समय सबै बालबालिकामा र्पुयाउने अठोटले नै यो सम्भव भएको संगठनको निक्र्यौल छ। विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले यो सफलताको पछाडि देशहरुले आफ्नो जनताको स्वास्थ्य सुधारको लागि गरिएको प्रतिज्ञा, स्वास्थ्यकर्मी र समुदायको अथक प्रयासले सम्भव भएको बताईन। हेपटाइटिस बि नियन्त्रण भए नभएको जाँच गर्न यी चारै देशमा विज्ञहरुको प्यानलले बालबालिकामा खोपको तथ्यांक हेरेका थिए। त्यो तथ्यांकले यी देशमा जन्मिएदेखि १ वर्षसम्म हेपटाइटिस बि को खोपको डोज ९० प्रतिशत भन्दा बढी पहुँच पुगेको देखियो। 

विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली राष्ट्रको ११ देशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हेपटाइटिस बि को खोपको ३ डोज दिइन्छ। त्यस्तै ८ देशले पनि हेपटाइटिस बि को खोप आमाबाट शिशुमा रोगको संक्रमण नहोस् भनेर खोप दिने गरेका छन्। यो खोपले डरलाग्दो संक्रमणबाट बचाउनुका साथै कलेजोको क्यान्सर तथा सिरोसिको जोखिम पनि घटाउँछ। 

निर्देशकका अनुसार हेपटाइटिस सजिलै रोकथाम र उपचार गर्न सकिन्छ। सदस्य राष्ट्रहरु यसबारे जनचेतना फैलाउनुपर्छ, रोकथामका लागि सुरक्षित खोप, संक्रमण रोकथाममा ध्यान दिनुपर्छ। रोकथाम गर्न सकिने भए पनि भाइरल हेपटाइटिसले विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली राष्ट्रमा हरेक वर्ष ४ लाख १० हजार मानिसको मृत्यु हुने गरेको छ। ९ करोड मानिस जटिल किसिमको कलेजोको समस्या र कलेजोको क्यान्सर तथा सिरहोसिसबाट ग्रसित हुन्छन्।
 

कमेन्ट लोड गर्नुस