पहिलो महिला प्रधानमन्त्रीमा कार्कीको शपथ
धनगढी: मुलुकले आजै अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री पाएको छ। पहिलो महिला प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आज राति ९:४० मा शपथ ग्रहण गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शितल निवासमा शपथ ग्रहण गराएका हुन्।
जेन्जी आन्दोलन पश्चात् नयाँ निर्वाचन ६ महिनाभित्र निर्वाचन गराउन कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
शपथ ग्रहण कार्यक्रममा उप-राष्ट्रपति, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्री लगायत कुटनैतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो।