सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने नख्खु कारागार फर्किए

२०८२ भदौ २८, ०८:५० खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट बाहिरिएका लामिछाने शनिबार स्वेच्छाले कारागारमा उपस्थित भएका हुन्।

कारागार फर्कनुअघि उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफू पुनः कारागारमा प्रवेश गर्न लागेको जानकारी दिएका थिए।

यसअघि कारागार प्रशासनले कैदीबन्दीहरूलाई कारागार फर्किन सार्वजनिक आग्रह गरेको थियो।

कमेन्ट लोड गर्नुस