सुदूर नेपाललाई विश्वसँग जोड्दै

औषधि व्यवसायीले अनिवार्य एप्रोन र परिचयपत्र लगाउनुपर्ने

। फोटो स्रोत ।
२०७६ साउन १२, ०४:५३

औषधि व्यवस्था विभाग विराटनगरले औषधि व्यवसायीलाई अनिवार्य डे«सको व्यवस्था गरेको हो। विभागले अनुगमनका क्रममा धेरै औषधि पसलमा कार्यरत व्यवसायी,  फार्मा्सिस्ट  र फामेर्सी सहायकले कुशल फार्मेसी अभ्यासको मर्यादा पालन नगरेको भन्दै  भाद्र १ गतदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।

विभागले औषधि पसलमा कार्यरत व्यवसायीले भाद्र १ गतेदेखि सेतो एप्रोन, व्याच वा परिचयपत्र लगाएर मात्र सेवा दिनुपर्ने सूचना जारी गरेको छ। फार्मे्सिस्टले हरियोमा सेतो अक्षरले लेखिएको व्याच वा परिचय पत्र र फार्मेसी सहायकले निलोमा सेतो अक्षरले लेखिएको व्याच वा परिचय पत्र लगाउन पनि विभागले प्रष्ट पारेको छ। फार्मेसी पेसाको नैतिकतालाई सम्मान  गर्दै सेवा दिन विभागले औषधि व्यवसायीलाई निर्देशन दिएको छ।

 

 

कमेन्ट लोड गर्नुस