सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

२०८२ भदौ ३०, ०२:३२ खबर संवाददाता

काठमाण्डाै: गृह मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्। 
शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रिपरिषद्ले निर्णय लिने उनको भनाई छ।  आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर–ठेगानासम्म पु¥याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए। 

मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए।  

कमेन्ट लोड गर्नुस