तिहारको विशेषताः ७ रङका टीका र ६ स्वादका खाना
धनगढीः तिहारमा सात रङको टीका र ६ स्वादको खाना खाने चलन छ। संस्कृतिविद् डाक्टर वासुदेवकृष्ण शास्त्रीले तिहारमा लगाइने रङ र खाइने खानाको विषयमा बताएका छन्।
उनका अनुसार तिहारमा लगाइने सेतो रङ शान्तिको प्रतीक हो। निलो आरोग्य, कालो विरोध वा फौज, पहेँलो अध्यात्म, हरियो विकास, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो। त्यसैले यी सातै प्रकारका रङको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताएका छन्।
शास्त्रीका अनुसार तिहारमा सात प्रकारका रङको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको सम्मीश्रण भएको परिकार खानु/खुवाउनुपर्छ। संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन्।