सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलनमा प्रहरीको हत्या आरोपमा थप ६ जना पक्राउ

२०८२ कार्तिक ९, ०४:१० खबर संवाददाता

काठमाडौँ: जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्। महाराजगञ्ज र  कोटेश्वरमा प्रहरीको हत्या गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ।  होम प्रसाद पौडेल ,टिकाराम विक,वुद्धिलाल तामाङ  र युवराज क्यापछापी कारागारमा छन्।

गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा प्रदशर्नकारीहरूले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए। सोही क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरूङको अराजक समूहको कुटपिटबाट मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस