सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुत्केरीको मृत्युपछि किष्टमा तनाव, अस्पतालभित्रै अश्रुग्यास र लाठीचार्ज

२०८२ कार्तिक १०, ०३:२५ खबर संवाददाता

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरी गराउने क्रममा शुक्रबार राति मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकको लापरवाही आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। 

प्रदर्शनका क्रममा आक्रोशित समूहले अस्पतालको गेट तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको हो। भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको बताइएको छ।

सम्भावित अवाञ्छित घटना रोक्न अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। प्रदर्शनमा सहभागीहरूले ‘किष्ट अस्पताल बन्द गर’, ‘दोषीलाई कारबाही गर’ र ‘मिनाश्री राईलाई न्याय दे’ लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए। स्थिति बिफरिएपछि प्रहरीले भिडलाई तितरवितर गर्न केही राउन्ड अश्रुग्यास प्रहार र बल प्रयोग गरेको हो।
 

कमेन्ट लोड गर्नुस