सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२०८२ कार्तिक २८, ११:३७
काठमाडौँः बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार सात सय रुपैयाँ कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार एक तोला सुन र दुई लाख ५० हजार २०० र चाँदी रु तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कमेन्ट लोड गर्नुस