सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचनका लागि कैलालीको पाँच वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार सिफारिस 

२०८२ मंसिर २४, ०४:४८ खबर संवाददाता

धनगढी: आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले जिल्लाका पाँचै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। आगामी फागुनमा प्रतिनिधि सभा र माघमा राष्ट्रिय सभा निर्वाचन हुने भएकाले कांग्रेसको विधान र केन्द्रको परिपत्रअनुसार क्षेत्रीय कार्यसमितिहरूले सिफारिस पठाएको जिल्ला सचिव नृप सुनारले जानकारी दिए।

क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ तप्तराज जोशी, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र पूर्वमन्त्री रामजनम चौधरी सिफारिस छन्। समानुपातिकमा उमाकुमारी वादी, केशरीकुमारी रावल, धिरज रेग्मी, दीर्घबहादुर रावल, वीरबहादुर हमाल, राजेशकुमार टमटा र सुशीला स्वार सिफारिस गरिएका छन्। राष्ट्रिय सभाका लागि जगन्नाथ रिमाल, नीरबहादुर खड्का र फकिरसिंह कडायतको नाम प्रस्तावित छ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कृष्णराज पाण्डेय, घनश्याम जोशी, विजयबहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बम, ललित भट्ट, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहन राठौर सिफारिस भएका छन्। समानुपातिक सूचीमा शिवा थापा, टीका चौधरी, सुमन सञ्जेल, रिता चौधरी, गोविन्द विष्ट, बलबहादुर विष्ट, रविन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी, नन्दाराम वादी र नृप सुवर्णकार छन्। राष्ट्रिय सभाका लागि जनकबहादुर बम, मोहनसिंह राठौर, अम्बिकाकुमारी भट्टराई, शिवा थापा, बलबहादुर विष्ट, धर्मराज र नारायण शर्माको नाम सिफारिस भएको छ।

क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खेमराज चौधरी, भीम बडुवाल, अविनाश चौधरी र झंकर शाह सिफारिस छन्। समानुपातिक सूचीमा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री छन्। राष्ट्रिय सभाका लागि रामचरण चौधरी र कलावती शाह सिफारिस भएका छन्।

क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’, टेकराज जोशी, नैनसिंह महर र भुवन महरा सिफारिस गरिएका छन्। समानुपातिकमा यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम रहेको छ। राष्ट्रिय सभाका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा भट्ट सिफारिसमा परेका छन्।

क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजु राणा देउवा, नारायण शाह ‘मनु’, क्षितिज भण्डारी, डिल्लीराज पन्त र नृप वड सिफारिस भएका छन्। समानुपातिक सूचीमा डा. जीवन राना, गौरीकुमारी लामा, मन्च देवल, सुशीला मिश्र भट्ट, सुनिता कुमारी राना, पुष्पा भट्ट जोशी, नृप चोखाल, जागृत बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम रहेका छन्। यस क्षेत्रबाट राष्ट्रिय सभाका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस