बैकिङ कसुर र लागूऔषध मुद्दामा फरार धनगढीका ३ जना पक्राउ
धनगढीः बैकिङ कसुर र लागूऔषध मुद्दामा फरार धनगढीका ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बैकिङ कसुर मुद्दामा १५ दिन कैद सजाय र ५ लाख दश हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने ३७ वर्षीय छेदुराम डगौरा थारु पक्राउ परेका हुन्।
यसैगरी लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–१ बस्ने ३२ वर्षीय धनबहादुर बोहरा र सोही मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय सुरेश चौधरी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तिनै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।