सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ

२०८२ मंसिर २५, ०८:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीबाट सोही ठाउँ बस्ने २५ वर्षीय हेमन्त धामी पक्राउ परेका हुन्। धामीलाई ४६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय गड्डचौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

यसैगरी भीमदत्त नगरपालिका–३ भाँसिबाट वेदकोट नगरपालिका–४ बगुन घर भइ हाल भीमदत्त नगरपालिका–३ भाँसि कोठा गरि बस्ने २८ वर्षीय सुनिल बिष्टको कोठामा चेकजाँच गर्दा भीमदत्त नगरपालिका–३ बस्ने २७ वर्षकी निलम अवस्थी, भीमदत्त नगरपालिका–७ बस्ने २६ वर्षीय बिनोद ठगुन्ना, बेल्डाडी गाउँपालिका–१ बस्ने २५ वर्षीय योजन शर्मा, २२ वर्षीय भरत बम र सुनिल बिष्टसहित पाँच जनालाई लागूऔषध सेवन गरीरहेको अवस्थामा फेलापारी उक्त पदार्थसहित पाँचै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती पाँचै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस