सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको वन पैदावार आपूर्ति समितिमा तीन जना मनोनयन

२०८२ मंसिर २५, ०१:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला वन पैदावार आपूर्ति समिति कैलालीमा तीन जना मनोनयन गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार तीन जना आपूर्ति समितिमा सदस्य मनोनयन भएका हुन् । 

मनोनयन भएका सदस्यहरूमा कैलालीको कैलारी गाउँपालिकाका देवेन्द्र हमाल, जानकी गाउँपालिकाकी विन्द्राकुमारी रावल र बर्दगोरियाका गणेशप्रसाद भट्ट रहेका छन् । डिभिजन वन कार्यालय कैलालीको सिफारिसमा उनीहरुलाई मनोनयन गरिएको मन्त्रालयका उपसचिव भोजराज पाठकद्वारा जारी पत्रमा उल्लेख छ । 

वन पैदावार आपूर्ति समिति जिल्लामा वनजन्य पैदावारको व्यवस्थापन, अनुगमन तथा नियमनमा महत्वपूर्ण निकाय मानिन्छ । 
 

कमेन्ट लोड गर्नुस