सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा हुने

२०८२ मंसिर २५, ०२:०४ खबर संवाददाता

बैतडी: नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ५ गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ। हालै विभिन्न कम्युनिष्ट पार्टीहरूबीच भएको एकताबारे जनतालाई जानकारी गराउनका लागि यो कार्यक्रम राखिएको पार्टीका नेता शंकर भण्डारीले जानकारी दिए।

बुधबार बैतडीको पाटनमा सम्पन्न तयारी बैठकले परमानन्द भट्टको संयोजकत्वमा सभा आयोजना मूल समिति गठन गरेको छ। समितिले कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै तयारी गर्ने जिम्मा पाएको भण्डारीले बताए।

सन्देश सभामा नेकपाका नेता भीम रावल, भानुभक्त जोशी, खगराज भट्टलगायतका नेताहरूको सहभागिता रहने जनाइएको छ। पार्टी एकतापछि बनेको नयाँ संरचनाबारे जानकारी दिन, एकताको सन्देश जनसमुदायसम्म पु¥याउन र नेकपाको उद्देश्य तथा कार्यक्रमबारे स्थानीयलाई अवगत गराउन सभाको आयोजना गरिएको भण्डारीले स्पष्ट पारे।
 

कमेन्ट लोड गर्नुस