सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ

२०८२ मंसिर २७, ०७:३५ खबर संवाददाता

धनगढीः धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगरबाट धनगढी उपमहानगरपालिका–२ रैका टोल बस्ने २३ वर्षीय विकास सेवाको साथबाट १ ग्राम १८० मिलिग्राम र धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय प्रदिप योगी साथबाट ५ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उक्त पदार्थसहित दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस