सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा आज प्रकाश सपुतसहित कलाकारको प्रस्तुति रहने

२०८२ मंसिर २७, ०७:५१ खबर संवाददाता

धनगढीः धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिबार (आज) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिदै छन्।

महोत्सवको छैटौँ दिन लोकप्रिय गायक प्रकास सपुतलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले बताएका छन्। कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार सपुतसँगै शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारले पनि आफ्ना उत्कृष्ट कला प्रस्तुत गर्नेछन्।

स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ। शनिवारको कार्यक्रममा अझै बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन्।

कमेन्ट लोड गर्नुस