धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित
धनगढी: धनगढी जेसिज २०२६ का लागि अध्यक्ष पदमा महेश्वर ओझा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ओझाले आफ्ना प्रतिस्पर्धी कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
निर्वाचनमा कुल ९१ मत खसेको थियो। जसमा ओझाले ४९ मत प्राप्त गर्दा कुवरले ४० मत पाए। बाँकी २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
अध्यक्षमा निर्वाचित भएसँगै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टोली घोषणा गरेका छन्। उनका अनुसार महासचिवमा दिपक गौतम, कोषाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनयन गरिएको छ।
यसअघि नै धनगढी जेसिजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जनाएको छ। यससँगै २०२६ कार्यकालका लागि धनगढी जेसिजको नयाँ नेतृत्व टोली लगभग पूर्ण भएको छ।