सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच महिनादेखि अन्धकारमा हिमाली गाउँपालिका

२०८२ मंसिर २९, ०२:२३ खबर संवाददाता

बाजुरा: बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकारमा रहेको छ। २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत् परियोजनाबाट उत्पादन गरिएको १ सय किलोवाट विद्युत् यहाँका १ हजार १ सय घरधुरीमा वितरण हुँदै आएको थियो।

तर गत साउन २८ गते राति बिच्छ्या खोलामा आएको बाढीले विद्युत् नहर पूर्ण रूपमा बगाएपछि पालिकामा बत्ती बाल्न सकिएको छैन। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुर्‍याएको थियो। अन्य संरचना मर्मत भए पनि विद्युत् मर्मतका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले अझै पुनः सञ्चालन हुन नसकेको हिमाली गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार नहरमा ठूलो क्षति पुगेकाले मर्मत खर्च पहिलेको भन्दा बढी लाग्ने अवस्था छ। “बत्ती नहुँदा स्थानीयलाई विद्युतीय सेवामा समस्या भइरहेको छ,” उनले भने, “प्रदेश र सङ्घीय सरकारसँग सहयोग माग गरिए पनि हालसम्म कुनै आर्थिक सहायता प्राप्त भएको छैन।”

अध्यक्ष मल्लका अनुसार बाढीपहिरोले यसअघि भएका विकास निर्माणका काममा ठूलो क्षति पु¥याउँदा पालिकामा पुनर्निर्माण कार्य चुनौतीपूर्ण बनेको छ।
 

कमेन्ट लोड गर्नुस