सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा आज पल शाहसहित कलाकारको प्रस्तुति रहने

२०८२ पुष १, ०१:५५ खबर संवाददाता

धनगढीः धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा सोमवार(आज) राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिदै छन्।

महोत्सवको नवौं दिन लोकप्रिय गायक पल शाहलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार सपुतसँगै बिपना थापा, रेखा जोशी, विष्णु भट्ट, बिजय चौधरीलगायतका कलाकारले पनि आफ्ना उत्कृष्ट कला प्रस्तुत गर्नेछन्।

स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ।
 

कमेन्ट लोड गर्नुस