सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक सय ११ जनाको स्थायी बन्ध्याकरण

२०८२ पुष २, ०२:४५ खबर संवाददाता

धनगढी: बझाङमा एक सय ११ जनाको स्थायी बन्ध्याकरण गरिएको छ। जिल्लाको पाँच स्थानीय तहको सात ठाउँमा परिवार नियोजन शिविर राखेर स्थायी बन्ध्याकरण गरिएको स्वास्थ्य कार्यालय बझाङका परिवार नियोजन फोकल पर्सन दीपक ऐडीले बताए।

मंसिर २५ देखि पुस २ गतेसम्म परिवार नियोजन शिविर सञ्चालन भएको हो। जिल्लामा ९८ जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा १३ जना बढीको बन्ध्याकरण गरिएको ऐडीले बताए।

जिल्लाको मष्ट गाउँपालिकाको रिलु स्वास्थ्य चौकीमा ३२ जना, तलकोटको दातोला स्वास्थ्य चौकीमा १४ जना, छविसपाथिभेराको मजखोरी आधारभूत स्वास्थ्य चौकीमा १४ जना, केदारस्युको भामचौर स्वास्थ्य चौकीमा ११ जना, लोतु सामुदायिक स्वास्थ्य इकाईमा १० जना, तथा बुङ्गल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीमा १८ र दहबगर स्वास्थ्य चौकीमा १२ जनाले स्थायी बन्ध्याकरण गरेको ऐडीले जानकारी दिए।

स्वास्थ्य कार्यालय बझाङले स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, राप्ती एकेडेमी अफ हेल्थ साइन्स र नेपाल परिवार नियोजन संघ काठमाडौँको सहयोगमा जिल्लाका पाँच स्थानीय तहमा परिवार नियोजन शिविर सम्पन्न भएको जनाएको छ।

कमेन्ट लोड गर्नुस