एमाले अध्यक्षमा ओलीको विजय
काठमाडौँः नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। उनी तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका हुन्।
ओलीको बिहीवार तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ।