सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट काँग्रेसका २५९ जना उम्मेदवारका आकांक्षीको नाम सिफारिस

२०८२ पुष ३, ०६:२२ नारायण अवस्थी

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिस गरेर पठाएको छ। प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश समितिले केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो।

काँग्रेसले कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कैलाली– १, प्रतिनिधिसभा प्रत्यक्षतर्फ, ईश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धीसागर चौधरी, डा. रणबहादुर रावल र रामजनम चौधरी सिफारिस गरेको छ भने समानुपातिकतर्फ, उमाकुमारी वादी, केशरी कुमारी रावल, धिजराज रेग्मी, बिर्खबहादुर रावल, बिरबहादुर हमाल, राजेशकुमार टमट्टा, सुशीला स्वाँर तथा राष्ट्रियसभातर्फ जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कडायत सिफारिस भएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट  प्रतिनिधिसभा प्रत्यक्षतर्फ, कृष्णराज पाण्डेय, गोपाल बम, धनश्याम जोशी, डाक्टर जितेन्द्र उपाध्याय, नमराज उपाध्याय, विजयबहादुर स्वाँर, बिरबहादुर थारु, ललिता भट्ट र हिमबहादुर रावल सिफारिस हुँदा समानुपातिकतर्फ, कर्णबहादुर चौधरी, गोविन्दबहादुर विष्ट, जुगराम चौधरी, टिका चौधरी, नन्दराम वादी, नृपबहादुर स्वर्णकार, रविन्द्र कुमार चौधरी, शिवा थापा, सुशीला जोशी र सुमन सन्ज्याल सिफारिसमा परेका छन्। यस्तै, राष्ट्रियसभातर्फ, जनकबहादुर बम, धर्मराज न्यौपाने, नारायणप्रसाद शर्मा, बलबहादुर विष्ट, मोहन सिंह राठौर, रंगाकुमारी भट्टराई र हुर्मत चलाउनेको नाम सिफारिसमा परेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ, खेमराज डंगौरा थारु, अविनाश चौधरी, भिमबहादुर बडुवाल र झंकरबहादुर शाह, समानुपातिकतर्फ, रिताकुमारी चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री सिफारिस हुँदा राष्ट्रियसभातर्फ रामचरण चौधरी र कलावती शाहीको नाम सूचीमा अटाएको छ।

कैलाली–४ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ बिरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर,प्रदीप जोशी (टेकराज), नैनसिंह महर, लोकराज पाण्डेय (आगो) तथा भुवन महरा सिफारिस हुँदा समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकार सिफारिस भएका छन् यस्तै, राष्ट्रियसभातर्फ भने डाक्टर लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टलाई सिफारिस गरिएको छ।

कैलाली– ५ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ डाक्टर आरजु राणा देउवा, नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृपबहादुर वडको नाम सिफारिस गरिएको छ। सामानुपातिकतर्फ जीवन राना, गौरी लामा, मनिराम देवल, सुशिला मिश्र भट्ट, पुष्पा जोशी भट्ट, सुनिता राना, निपा चोखाल, जागृती बोगटी, प्रमिला लम्साल, नरबहादुर बम र टेकबहादुर रैका आउजीसहित ११ जनाको नाम सिफारिस गरिएको छ। यस्तै, राष्ट्रियसभातर्फ भने हरिश खड्का, रिता भण्डारी र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ।

काँग्रेसले कञ्चनपुर–१ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोपीप्रसाद उपाध्याय, भरतबहादुर बिष्ट र मिरा चन्द समानुपातिकतर्फ सगुना राना र खिना कुँवर भण्डारी तथा राष्ट्रियसभातर्फ हरेन्द्रसिंह बिष्ट र प्रकाशराज पन्तको नाम सिफारिस गरिएको छ।

कञ्चनपुर–२ भने प्रतिनिधिसभा प्रत्यक्षतर्फ नारायण प्रकास साउँद (एनपी), हरिप्रसाद बोहरा र दलबहादुर बोहरा समानुपातिकतर्फ गणेश नेपाली (दमाई), तौला राना र घनश्याम विश्वकर्मा तथा राष्ट्रियसभा सदस्यतर्फ पुष्करराज ओझा, देवराज पाठक, ईश्वरबहादुर खाती र गणेशप्रसाद पन्तलाई सिफारिस गरिएको छ।

कञ्चनपुर–३ बाट  प्रतिनिधिसभा प्रत्यक्षतर्फ रमेश लेखक, प्रेमबहादुर बिष्ट, शंकरबहादुर चन्द, समानुपातिकतर्फ कल्पना केसी, मायादेवी भट्ट र रामसोगारथ ठाकुर हजाम तथा राष्ट्रियसभा सदस्यतर्फ खगेश्वर बोहरा, बिरबहादुर सुनार, गोपाल सिंह भण्डारी, दुर्गाप्रसाद जोशी, यज्ञराज चटौत, मोहन बिष्ट, गौराजबहादुर लिम्बु ररमिता शाही देउवा सिफारिसमा परेका छन्।

डडेल्धुरामा प्रत्यक्षतर्फ शेरबहादुर देउवा सर्वसम्मत सिफारिस हुँदा समानुपातिकतर्फ नरभान कामी, तारक बुढाऐर, बसन्तीदेवी भण्डारी, मानकुमारी थापा र ईश्वर चन्द, राष्ट्रियसभातर्फ भीमबहादुर साउँद र रघुवर भट्ट सिफारिस भएका छन्।

डोटी, प्रतिनिधिसभा प्रत्यक्षतर्फ गोरखबहादुर बिष्ट (आनन्द) जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, बिरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा र हर्कबहादुर देउवासहित १७ जना सिफारिस भएका छन्।

यस्तै समानुपातिकतर्फ दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रशिष महरा, हिम्मतसिंह चोपरा, मायादेवी कुँवर र लालबहादुर बिक सिफारिस भएका छन् भने राष्ट्रियसभातर्फ दिपककुमार बिष्ट र यज्ञराज पाठकको नाम केन्द्रमा पठाइएको छ।

अछाम– १ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ भरतकुमार स्वाँर, राजन कुँवर, भक्तबहादुर ठकुल्ला, राजेन्द्रबहादुर शाह, भगवती खनाल, टिकाराम खनाल, डम्बरबहादुर सुनार, गोविन्दबहादुर शाह र दुर्गाप्रसाद तिमिल्सेना सिफारिस हुँदा समानुपातिकतर्फ अर्जुन ताम्राकार, टक्कर ताम्राकार, अनुराधाकुमारी स्वाँर, रुपा आउजी, नवराज साउँद, भुवनेश्वरी शर्मा, लक्ष्मीकुमारी शाह, टक्करबहादुर कडायत, धर्मराज न्यौपाने, प्रतिभा ताम्राकार तथा राष्ट्रियसभा सदस्यतर्फ हर्कबहादुर स्वाँर र नयनसिंह कडायत सिफारिसमा परेका छन्।

यसैगरी, अछाम– २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ पुष्पबहादुर शाह, बलबहादुर कुँवर, गणेशबहादुर बिष्ट, पदकराज अधिकारी, रामबहादुर बिष्ट, अक्कलबहादुर बिष्ट, रामबहादुर शाही, मानबहादुर शाही, देवराज देवकोटा, वेदप्रकाश तिमिल्सेना, जनकबहादुर धामी, सुशील भण्डारी, सन्तोष उपाध्याय, बलराम विष्ट, पुष्पराज शर्मा,अम्बिका चलाउने र भुमिशरण ढकाल बजगाईसहित १८ जनाको नाम सिफारिस गरिएको छ। यस्तै, समानुपातिकतर्फ भने  ओमप्रकाश बिष्ट, कमलबहादुर बिक, टेकबहादुर बिक, रमेशबहादुर रावत, जनकबहादुर रावल, पूर्णप्रसाद उपाध्याय, गगन सार्की, अम्बिकुमारी थापा, पूर्णा शाह, गौरी भण्डारी, अमृता बुढा, कृष्णा शाही, द्रोपति शाही, लक्ष्मी बोगटी र लक्ष्मी साउँदसहित १५ जनालाई सिफारिस गरिएको छ भने राष्ट्रियसभातर्फ सुरतबहादुर बिष्ट, टोप बहादुर रावल र बिपी रेग्मी सिफारिसमा परेका छन्।

काँग्रेसले बाजुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ रामसिंह रावल, कविराज पण्डित, जनकराज गिरी, जगतजंग बम, गुरुदेव केसी र योगेन्द्र रावलको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ निर्मलाकुमारी रावल, विद्या तिमिल्सेना, महा नेपाली, सुनिता गुरुङ्ग, राधिकाकुमारी सिंह तथा राष्ट्रियसभातर्फ देवराज जोशी र खम्मबहादुर खातीको नाम सिफारिस गरिएको छ।

दार्चुलाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडू सर्वसम्मत सिफारिस हुँदा समानुपातिक करबिरसिंह कार्की र आनन्दी पन्त भट्ट तथा राष्ट्रियसभातर्फ महादेव बडू, चन्द्रसिंह सामन्त, गणेशराज भट्ट, द्रोपती डाँगा, शान्ति कार्की, देवमा लोथ्याल र बिसन्ता सिनाल सिफारिसमा परेका छन्।

बैतडी प्रतिनिधिसभा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विष्णुदत्त जोशी र जानकी भट्ट, समानुपातिकतर्फ कान्ता चन्द र दिपेन्द्रबहादुर बम, राष्ट्रियसभातर्फ लोकराज अवस्थी, प्रताप ठगुन्ना र सुरेन्द्रबहादुर चन्दको नाम सिफारिस भएको छ।

बझाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फ डाक्टर सुरेश मल्ल, नरेशबहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, दिपेन्द्रराज जोशी, डाक्टर खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस हुँदा समानुपातिकतर्फ मुकेश धामी, चन्द्रादेवी जोशी, शान्तीकुमारी बोहरा, शान्तीकुमारी महत, मन्जित ताम्राकार, रमेश बिसी, सुन्दरबहादुर स्नेही, प्रेमबहादुर धामी र शम्शेरकुमार बमको नाम सिफारिस भएको छ भने राष्ट्रियसभातर्फ अर्जुनजंङ्गबहादुर सिंह, नन्दकृष्ण जोशी र चन्द्रविक्रम मल्लको नाम सिफारिस गरिएको काँग्रेस प्रदेश कार्यसमितिले जनाएको छ।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस