सुदूर नेपाललाई विश्वसँग जोड्दै

मृत्युपछि लोक सेवाको परीक्षामा पास!

२०८२ पुष ६, ०५:४९ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिलाको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको छ। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ घर भएकी भागरति कुँवरको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको हो।

कुँवरको प्रदेश लोक सेवा आयोग कोशीले गत असारमा लिएको अनमी अर्थात् सहायक स्तर चौथो तहमा खुला र महिला दुबै क्लस्टरमा नाम निस्केको हो। लोक सेवा आयोग कोशीले लिएको परीक्षामा चार हजार ४७ जना सहभागी मध्ये खुला तर्फ ८१ जनाको सिटमा कुँवरसहित ९० जना र महिलातर्फ २० सिटमा कुँवरसहित १२८ जनाले लिखित परीक्षा पास गरेका छन्।

केही दिन अगाडि प्रकाशित नतिजामा सफल भएकी २३ वर्षीया कुँवरको गत भदौ १ गते मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनले आत्महत्या गरेकी थिईन्। उनी विवाहित महिला थिइन्। शिक्षा संकायमा स्नातक उत्तीर्ण गरेकी कुँवर पुर्चौडी नगरपालिका अन्तर्गतको एक स्वास्थ्यचौकीमा कार्यरत थिइन्।

कमेन्ट लोड गर्नुस