धनगढी हसनपुरमा घरको जगमा पुरिएर एक पुरुषको मृत्यु
धनगढीः धनगढी उपमहानगरपालिका—५, हसनपुरमा घरको जगमा पुरिएर एक जनाको मृत्यु भएको छ।
अन्दाजी ५२ वर्षीय दिपेन्द्र जोशीको पुरानो घरको जगबाट इट्टा निकाल्ने क्रममा खाल्टोमा पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक राजकुमार सिंहका अनुसार जोशी घर मर्मतका लागि पुरानो घरको इट्टा निकाल्ने काम गर्दै थिए। उक्त कामका क्रममा अचानक जमिन खसेरे र उनी खाल्टोमा पुरिएका हुन। घटना स्थलबाट जिल्ला प्रहरी कार्यालय कैलाली र धनगढी नगर प्रहरीको टोलीले उद्धार गरि अस्पताल पुर्याए पश्चात चिकित्सकले मृत घोषणा गरेको उनले बताए।