कैलालीबाट एकै दिन २४ जना फरार प्रतिबादी पक्राउ
२०८२ पुष ८, ०७:४८
धनगढीः कैलालीबाट एकै दिन २४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएपछि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरी कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको बताएको छ।
कमेन्ट लोड गर्नुस