सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट १७ जना फरार प्रतिबादी पक्राउ

२०८२ पुष ९, ०८:०१ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट १७ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका १३ जना फरार प्रतिवादीहरुलाई उनीहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो। पक्राउ गरी उनीहरुलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराईएको छ।

यसैगरी जिल्ला अदालत कञ्चनपुरको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका ४ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको जनाएको छ।  

कमेन्ट लोड गर्नुस