सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ७ वटा भन्सार छलीका मोटरसाईकल बरामद 

२०८२ पुष ९, ०८:०८ खबर संवाददाता

धनगढीः कैलालीबाट ७ वटा भन्सार छलीका मोटरसाईकल बरामद गरिएको छ।

कैलालीको विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका ५ लाख असी हजार बराबरको ७ वटा मोटरसाईकल प्रहरीले बरामद गरेको हो। उक्त मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय त्रिनगर पठाईएको जनाएको छ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३३ हजार २५० मूल्य बराबरको इलेक्ट्रोनिक समान र कपडा प्रहरीले बरामद गरेको छ। उक्त सामान अस्थायी प्रहरी पोष्ट मझगाँउ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस