कञ्चनपुरमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिई फरार
कञ्चनपुुरः कञ्चनपुरमा ट्याक्टरले स्कुटीलाई ठक्कर दिई फरार भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-५ बनगाउ साइपन नजिक भाईरल रोडबाट महेन्द्रनगर बजार तर्फ आउदै गरेको चालक सोही ठाउँ बस्ने २१ वर्षीय राहुल तिरुवाले चलाएको सुदूरपश्चिम प्रदेश ०२(००४ प ६५८९ नम्बरको स्कुटीलाई बिपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको ट्याक्टरले बुधवार ७ः३० बजे ठक्कर दिएर फरार भएको छ।
ट्याक्टरले ठक्कर दिँदा स्कुटि चालक राहुलको टाउको अनुहार र बाया आखा माथि चोट लागेको र सोहि स्कुटि पछाडी सवार भीमदत्त नगरपालिका-१४ बनकट्टी बस्ने १७ वर्षकी बिपना जोशीको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले बताएको छ।
घाईते दुवै जना महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचार पश्चात दुबै जनालाई थप उपचारको लागि ८ः१५ बजे समयमा निसर्ग अस्पताल धनगढीमा पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। फरार रहेका ट्याक्टर र चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।