डडेल्धुरामा लागूऔषध सहित एक युवक पक्राउ
डडेल्धुरा: जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजार क्षेत्रबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
शनिवार साँझ करिब ५ बजे शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा अमरगढी नगरपालिका–५ बागबजार बस्ने वर्ष २३ का युवराज पनेरुको साथबाट ७० मिलिग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
फेला परेको पदार्थसहित पनेरुलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।