सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसमा समानुपातिक सूचीका लागि ६०/४० भागबन्डा प्रस्ताव

२०८२ पुष १४, ०३:३८ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्ने क्रममा पार्टीभित्र समूह सन्तुलन मिलाउन संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ।

उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला सभापति शेरबहादुर देउवा पक्षबाट ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहबाट ४० प्रतिशत समेट्ने प्रस्ताव गरिएको हो। यद्यपि उक्त प्रस्तावलाई महामन्त्री गगन थापासहित सम्बन्धित समूहले औपचारिक रूपमा स्वीकार गर्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताएका छन्।

कांग्रेसमा यसअघिदेखि नै समूहगत भागबन्डाको अभ्यास रहँदै आएको छ। समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्ने सोमबार अन्तिम दिन रहेकाले दलहरू सूची बुझाउन अन्तिम तयारीमा जुटेका छन्।

यसैबीच, कांग्रेसका शीर्ष नेताहरू ११० जनाको समानुपातिक सूची क्लस्टर मिलाएर पेस गर्ने विषयमा आन्तरिक छलफलमा छन्। पार्टीले यसपटक विगतमा समानुपातिक उम्मेदवार भइसकेकालाई दोहोर्‍याएर नसमेट्ने नीति लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस