सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाईते 

फाइलः फोटो
फाइलः फोटो
२०८२ पुष १७, ०७:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जना घाईते भएका छन्।

जिल्लाको भीमदत्त नगरपालिका-१९ बागफाटा शुक्रराज टोलमा गएराति ९ः३० बजेको समयमा जङगली हात्ती आएपछि हात्तीलाई भगाउने क्रममा सोही ठाउँ बस्ने ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।

डगौरालाई हात्तीले आक्रमण गरेपछि टाउको अनुहार, छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार पश्चात् थप उपचारको लागि माया मेट्रो अस्पताल धनगढीमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस