आज पनि सुनचाँदीको मूल्य घट्यो
२०८२ पुष १७, १०:५४
काठमाडौँ: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मूल्य चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मूल्य चार हजार ४७० मा कारोबार भएको थियो।
कमेन्ट लोड गर्नुस