सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८२ पुष १८, ०७:२० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कैलालीको भजनी नगरपालिका–५ तनुजा फम नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजार ४ सय बराबरको सामान सामान नियन्त्रणमा लिएको हो। चिनी, बिडी, मेहेन्दी लगायतका सामान इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवालचोक बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २० हजार बराबरको टाउजर, मोजा लगायतका सामान अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस