सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ३ जना फरार प्रतिबादी पक्राउ

२०८२ पुष १८, ०७:२६ खबर संवाददाता

धनगढीः कैलालीबाट ३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जानकी गाउँपालिका-५ बस्ने प्रदिप चौधरी, टीकापुर नगरपालिका-१ बस्ने ईश्वर न्यौपाने र हातहतियार खरखजना मुद्दामा २२ दिन कैद सजाय तोकिएको कैलारी गाउँपालिका-६ बस्ने नारायण थारू रहेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस