कैलालीका धामी राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त
धनगढी: राष्ट्रिय युवा परिषदको केन्द्रीय समितिमा कैलालीका जय धामी नियुक्त भएका छन्। समितिमा तीन नयाँ सदस्य थपिँदा सुदूरपश्चिमबाट कैलालीबाट धामीले नियुक्ति पाएका हुन्। समितिमा सुदूरपश्चिम प्रदेशबाट धामीसहित ओखलढुंगाबाट प्रसन्न ढुंगेल तथा काठमाडौंबाट संगिता श्रेष्ठले परिषद्का केन्द्रीय सदस्यका रूपमा औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्।
युवा तथा खेलकुद मन्त्री बाबुल गुप्ताको कार्यकालमा उनीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको हो। नवनियुक्त सदस्यहरू आ–आफ्नो क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सक्रियता तथा उद्यमशीलता प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा चिनिन्छन्।
नवनियुक्त केन्द्रीय सदस्यहरूले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता विकास तथा युवा–मैत्री नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।